इनरुवा पुष ९/ सुनसरीको जल्पापुरमा उपचारकालागि हिंडेकी महिलाको दुर्घटनामा परी ज्यान गएको छ । आँखा शिविरमा उपचारकालागि जाँदै गर्दा ट्रकको ठक्करबाट बबिया ७ कि ६५ वर्षिया सरस्वती शर्मा खत्वेको ज्यान गएको हो ।

को १८ प ७४०४ नम्वरको मोटरसाइकललाई ना ५ ख २८६८ नम्वरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार सरस्वतीको घटनास्थलमै ज्यान गएको हो ।आमा छोरा सवार मोटरसाइल हरिनगरा तर्फ जाँदै गर्दा ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बद्रीनारायण शर्मा घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया