15722858_1266294500085141_1300059018_n

इनरुवा पुष ९ /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष तथा महिला दुवै प्रतिष्पर्धामा नेपाली सेनाले अग्रता कायम गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा जारी प्रतियोगितामा चार चरणका खेल सकिँदा पुरुष तर्फको प्रतिष्पर्धामा १२ अंकका साथ नेपाली सेनाले अग्रता कायम गरेको हो । सेनाले आफ्ना चारवटै खेल जितेको छ ।

महिला तर्फको प्रतिष्पर्धामा समेत आर्मीले दबदबा कायम गरेको छ । आर्मीको महिला टिमले समेत सबै चार वटै खेल जित्दै १२ अंक जोडेको छ । पुरुष तर्फ समान १२ अंक जोडेको सुदुर पश्चिमाञ्चल आर्मी सँगै पहिलो स्थानमा कायम छ ।महिला तर्फकै खेलमा सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलले समान ९ अंक जोडेका छन् ।

पूर्वाञ्चल र मध्यमाञ्चलले एक एक खेल जित्दै ३–३ अंक हात पारेका छन् । एउटै खेल जित्न नसकेको महिला तर्फ पश्चिमाञ्चल पुछारमा रहेको छ ।पुरुष प्रतिष्पर्धामा सुदुर पश्चिमाञ्चलले समेत आफ्ना सबै खेल जितेको छ । उसको समेत १२ अंक रहेको छ । पूर्वाञ्चल र मध्यमाञ्चलले ६ –६ अंक बटुल्दा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले खाता खोल्न सकेका छैनन् । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइदै छ ।

तपाईको प्रतिक्रिया