christmas-day

१० पुष, इनरुवा । आज इसाई धर्मावलम्वीको महान पर्व क्रिसमस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । इसाई धर्मका प्रर्वतक जिसस क्राईष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखमा यो पर्व मनाउने गरिन्छ ।इसाई धर्मावलम्वीहरुले क्रिसमसको अवसरमा विहानैदेखि चर्च तथा प्राथनास्थलमा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेपाल धर्म निरपेक्ष भएपछि सरकारले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिन थालेको छ ।

तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको भनाइ छ ।  येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ । विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया