christmas-tree

क्रिसमस ट्रीको इतिहाँसग जोडिएको कथाको बारेमा जानकार छौँ कि छैना ? क्रिश्चियनहरुले मनाउने चाड क्रिसमस र क्रिसमस ट्रीको कथा हजार बर्षभन्दा पुरानो इतिहाँसग जोडिन्छ। यो परम्परा कसरी सुरु भयो भन्ने इतिहाँस भने देखिदैन। तर, यो सँग जोडिएका कथाहरु भने प्रशस्त भेटिन्छन्।

उत्तरी यूरोपबाट सुरु भएको मानिएको क्रिसमसलाई पहिले यसरी मनाइदैन थियो। बाटोमा जुन रुख भेटियो त्यसैलाइ ल्याएर सजाएर राखिन्थ्यो। पिरामिड आकारमा पाइने जुनसुकै रुपहरुले क्रिसमस ट्रीका रुपमा प्रयोग गरिन्थ्ये। त्यो बेला चेरीको रुखलाई क्रिसमस ट्रीका रुपमा बढी प्रयोगमा ल्याइने गरिन्थ्यो।

क्रिसमस ट्री को ब्यवस्था गर्न नसक्नेहरु अथाव पिरामिड आकारको रुप नभेटाउनेहरुका लागि पनि बिकल्प थियो। घरमा भएका फलफुल, तरकारी वा गमलामा फुलेका फुललाई पिरामिड आकारमा सजाएर त्यसैलाई क्रिसमस ट्रीका रुपमा मनाउथे चलन थियो।

क्रिसमस ट्रीको सुरु कसरी भयो भन्ने बारेमा धेरै कथाहरु भेटिन्छन्।

इंल्याण्डमा बसोवास गर्ने बोनिफेस जव इंल्याण्डमा छाडेर जर्मनी पुगे।  जर्मनीमा स्थानियहरु भगबानलाई खुसी पार्न मानव बलि दिने गथ्र्ये। बालवालिकाहरुलाई ओक नामक रुखको फेदमा बलि दिने गरिन्थ्यो। यो प्रक्रिया दोहोरिदै गएको बोनिफेसले धेरै हेर्न चाहेनन्। एक स्थानियहरुले बलिदिने गरेको रुखलाई बोनिफेसले काटिदिए। र, काटिएको रुखमाथी अर्काे हरियो रुख जोडे भने –यो भगवान यसूको जन्म भएको स्थान हो यसमा पुजा गरौँ भने। जोडिएको रुखलाई स्थानियहरु फुल माला चढाएर पुजा गर्न थाले।बिस्तारै मान्छेहरु उक्त रुखमा जानुको सट्टा घरमै रुख ल्याएर क्रिसमस ट्रीका रुपमा पुजा गर्न थाले। यसरी क्रिसमस ट्रीको इतिहाँस सुरु भयो।

क्रिसमस ट्रीसँगै जोडिएको अर्काे कथा पनि छ।

हिँउ परिरहेको क्रिसमसको अघिल्लो दिन एउटा सानो बालक हराउँछन। हिँउ परेको समय, चिसो हावा। घरको बाटो पत्ता नपाएर बालक बरालिन्छन। निकै बेर हिँउमा हिँडेपछि बालकले एउटा घरमा आगो बलिरहेको देख्छन।

हराए आएको बालकलाई उक्त परिवारले खाना खुआएर तातो बनाएर राख्छन्। र, रात परेपछि परिवारको सबैभन्दा सानो सदस्यसँग सुताउँछन्। तिनै बालक क्रिसमसको दिन क्रश्चियनहरुका भगवान यसुको रुपमा बदलिन्छन। बिहान यसूका रुपमा बदलिएका बालक बाहिर निस्कन्छन् एउटा रुखको हाँगा भाँचेर ल्याएर चिसोमा सहयोग गरेर राख्ने यक्त परिवारलाई धन्यबाद दिन्छन्। सोहि दिनदेखि यसूको सम्झनामा क्रिसमस मनाउन थालिएको मानिन्छ। यद्यपी क्रिसमस ट्रीसँग यस्ता अन्य धेरै कथाहरु छन्।

सुरुताका क्रिसमस ट्रीमा यसूको फोटो राख्ने प्रचलन थियो। तर, बिस्तारै बिजुलीको बिकास भएपछि बिभिन्न खाले लाइटहरु राख्ने प्रचलन बढेको हो।अमेरिकामा क्रिसमस ट्री को सुरुवात सन १८३० को लडाँइताका भएको मानिन्छ। सन १८४१ रानी भिक्टोरियाले क्रिसमस ट्रीलाई सजाएपछि बेलायतमा यसको लोकप्रीयता बढेको थियो। त्यसको लगत्तै अमेरिकामा समेत क्रिसमस ट्रीले लोकप्रीयता हाँसिल गरेको थियो।

 

तपाईको प्रतिक्रिया