उडेको केही समयमै राडरसंग सम्पर्क विहीन भइ वेपत्ता रुसी सेनाको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । चालक दलसहित ९१ जना सवार विमान ब्ल्याक सीमा फेला परेको हो । दुर्घटनामा परेको विमानका टुक्राहरु ब्ल्याक सीमा फेला परेको बीबीसीले जनाएको हो ।

विमानमा रुसी सरकारी अधिकारीहरु, सैनिक सदस्यहरु, सांगितिक समूह तथा पत्रकारहर सवार रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसको सोचीबाट उडेको विमान २० मिनेटमै सम्पर्कबिहीन भएको थियो । टियु–१५४ उडानको विमानमा चालक दलसहित ९१ जना सवार रहेको उल्लेख गरिएको छ ।

विमान नेपाली समय अनुसार आज बिहान ८ बजेर पाँच मिनेटमा राडारको सम्पर्क बाहिर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाबारे अनुसन्धान जारी रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया