ranveer-dipikaसंजयलिला भन्सालीले निर्देशन गरिरहेका चलचित्र ‘पद्यमावती’को छायांकनमा नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह व्यस्त छन् ।

यहि,चलचित्रको सेटमा गम्भिर दुर्घटना भएको छ । मुम्बइको फिल्म स्टूडियोमा सेट तयार गरिरहँदा एक जना व्यक्तिको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

३४ बर्षका मुकेश नाम गरेका प्राविधिकको खसेर मृत्यु भएको हो । उनी फिल्म स्टूडियोमा तयार भैरहेको सेटमा रंग लगाइरहेका थिए । निर्देशक संजयलिला भन्सालीले मुकेशको निधनमा दुख व्यक्त गरेका छन् । उनले, निधन भएका मुकेशको परिवारलाई सहयोग गर्ने बचन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया