१० पुस , इटहरी । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा जारी महिला भलिवल प्रतियोगीताको पहिलो खेलमा मध्यमाञ्चलले पुर्वाञ्चललाई हराएको छ ।मध्यमाञ्चलले २५–३, २५–२० र २५–४ को सोझो सेटमा पुर्वाञ्चललाई पराजीत गरेको हो ।

त्यस्तै दोस्रो खेल नेपाल प्रहरी र सुदुरपश्चिमाञ्चल बिच भएको छ । उक्त प्रतिश्प्रर्धामा प्रहरीले सुदुरपश्चिमाञ्चललाई २५–६, २५–८ र २५–१० सेटमा पराजीत गरेको छ ।त्यस्तै अर्को खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–११, २५–२० र २५–८ को सोझो सेटमा पराजीत गरेको छ ।त्यस्तै महिला तर्फको आजको अन्तिम खेलमा शसस्त्रले आर्मीलाई २५–८, २५–१८ र २५–२२ को सेटमा पराजीत गरेको छ ।

त्यस्तै पुरुष भलिवल प्रतियोगीता अन्तर्गत आज ४ ओटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पुर्वाञ्चललाई आर्मीले २५–२१, २५–१७ र २५–१६ को सेटमा पारजीत गरेको छ । त्यस्तै दोस्रो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई २५–११, २५–१७ र २५–७ को सेटमा पराजीत गरेको हो ।

त्यसै गरि तेस्रो खेल अन्तर्गत पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१५, २५–१५ र २५–१५ को सोझो सेटमा पराजीत गरेको छ । साथै पुरुष तर्फको आजको अन्तिम खेलमा प्रहरीले सुदुर पश्चिमाञ्चललाई २५–१०, २५–१२ र २५–११ को सेटमा पराजीत गरेको छ ।भोलीको खेलमा समुह क अन्तर्गत विजेता र उपविजेताका लागि प्रतिश्प्रर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया