१० पौष,सुनसरी सन्तोष काफ्ले ।सातौं राष्ट्रिय खेलकुद अन्तर्गत धरानमा जारी महिला वास्केटवल प्रतियोगितामा पुर्वाञ्चल , मध्यमपश्चिमाञ्चल, आर्मी, र मध्यमाञ्चल सेमी फाइनलमा प्रवेश गरेका छन् । महिला वास्केटवलको सेमी फाइनल र फाईनल खेल सोमबार डिपो उमाविको खेलमैदानमा हुनेछन् ।

मध्यपश्चिमाञ्चलाई पुर्वाअञ्चलले पराजित गरेको थियो भने आर्मीलाई मध्यमाञ्चले पराजित गरेको थियो । पुरुष बास्केटबल तर्फ आइतबार भएको पूर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबीचको खेलमा पूर्वाञ्चलले सुदुरपश्चिमाञ्चललाई ९५–३५ स्कोर अन्तरले हराएको छ । पूर्वले प्रत्येक क्वाटरमा २८–१७–२९–२१ अङ्क बनाउदा सुदुरपश्चिमाञ्चलले ११–३–११–१० अङ्क जोडेको थियो ।

तपाईको प्रतिक्रिया