Nirmala-Tamang-of-NPC usu kheladi players१० पुष, धरान। धरानमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसुतर्फ क्वाटर फाइनलका खेलहरु समाप्त भएका छन् । धरान १३ अमरहार्ट कर्वड हलमा आइतबारदेखि शुरु भएको प्रतियोगितामा ४८ देखि ७० केजी तौल समूहका ३४ जना महिला तथा पुरुष खेलाडीहरु सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

यस मध्ये् पनि अधिकांश विभागीय टिमले अग्रता लिएको छ । पुरुष तर्फका २९ चार जना शशस्त्र प्रहरी, ६ जना नेपाली सेना, ४ नेपाली प्रहरी रहेका छन् भने पूर्वाञ्चल ४ , पश्चिमाञ्चल ४, मध्यपश्मिाञ्चल २ , सुदुर पश्मिाञ्चल ४ र मध्यमाञ्चल २ जनाका रहेका छन् । यसैगरी महिला तर्फ पनि विभागीय टिमकै  दबदबा कायमै रहेको छ ।

महिलातर्फ ६ जना सेमी फाइनलमा प्रवेश गरेका छन् । ती मध्ये नेपाली प्रहरी र नेपाली सेनाबाट एक÷एक जना विजयी बनेका छन भने सुदुरपश्मिाञ्चल दुई, पूर्वाञ्चल एक, मध्यपश्मिाञ्चलबाट एक जना सेमी फाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिता अन्गर्तत मंगलबार धरान १३ अमरहार्ट कर्वड हलमा सेमी फाइनलका खेलहरु हुने छन् ।

तपाईको प्रतिक्रिया