bus phohor itahari meeting१० पुष, इटहरी। सार्वजनिक सेवाका क्षेत्रमा सञ्चालन हुने कुनै पनि सवारी साधनमा यात्रारत सेवाग्राही तथा बसका चालक सहचालक र कर्मचारीहरुले समेत अव उप्रान्त सवारी साधनमा यात्रा गर्दा कुनै पनि फोहोर बस्तु जथाभावी नफ्याक्न आइतबार देखि इटहरीबाट अभियान थालिएको छ ।

यातायात ब्यवसायी र नेपाल सरकारले बसमा यात्रा गर्दा खानेकुरा प्याकिङ्ग गरिएका खानेकुरा प्रयोग गरिएपछि ती खाद्य बस्तु प्याकिङ्ग गरिएका र्यापर वा प्लाष्टिकजन्य बोतल लगायतका बस्तु जथाभावी फ्याक्न नहुने नीति अघि सारेपछि पूर्वाञ्चलमा पहिलो पटक इटहरीबाट यस्तो अभियानको सुरुवात थालिएको हो । साँसद रेवतीरमण भण्डारी तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित इटहरी उपमहानगरपालिकाले शहरको सभ्यता र सचेत एवम सभ्य नागरिक बसोवास शहरको पहिचान स्थापित गराउन उक्त अभियान अघि बढाएको घोषणा गरेको हो ।

देशको विभिन्न भागमा चल्ने सवारी साधनहरु इटहरीको बसपार्क क्षेत्रमा प्रवेश गरेपछि ती सवै सवारी साधनमा सचेतना सम्वन्धि स्टिकर टाँस गरी बस माईक्रो र मिनिबस लगायतमा यात्रारत यात्रुहरुलाई साँसद रेवतीरमण भण्डारी सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई र मजदुर सङ्घका नेताहरु समेतको सम्लग्नता सो अभियान अघि बढाईएको हो ।

स्वच्छता र बातावरण सफाई सम्वन्धि उक्त अभियानका क्रममा इन्भाईरो केयर किप इटहरी क्लिन तथा बस ब्यवसायी र मजदुरहरु र उपमहानगरपालिका एवम सञ्चारकर्मीहरु समेतको सहकार्यमा अभियानलाई अघि बढाई मानिसले सम्यताको पहिचान दिनका लागि आफैबाट अभियानमा सम्लग्न हुनका लागि सन्देश समेत दिएको छ । जानी वा नजानी सार्वजनिक सवारी साधनमा यात्रा गर्दाको अवस्थामा फोहोर फ्याकेको अवस्थामा ५ सय रुपियाँदेखि १५ हजार रुपियाँसम्म नगद जरीवाना हुने लगायतको ९ बुँदै नियम समेत बसपार्क क्षेत्रमा टाँस गर्दै सवारी चलाउँदा प्रयोग गरिने टिकटमा समेत ती कुरा उल्लेख गर्न समेत निर्देशन जारी गरेको छ ।

तपाईको प्रतिक्रिया