15724013_1268332329881358_1603956363_n 15730845_1268331843214740_1059887224_n
पुष ११ इनरुवा/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खो तर्फको फाइनल स्पर्धामा विभागिय टोली नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाले महिला तथा पुरुष दुवै प्रतिष्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको छ ।

पुरुष तर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो । सेनाले एक पाली बाँकी हुँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जित्यो ।मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदुर पश्चिमाञ्चलले हात पार्यो  । त्यसैगरी आजै सम्पन्न महिला तर्फ खो खो खेलको फाइलनमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ । महिला खोखोको काश्य पदक भने सुदर पश्चिमाञ्चलले जितेको छ ।

तपाईको प्रतिक्रिया