११ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरीको लौकही गाउँ विकास समिति कार्यालयले दोश्रो चौमासिक समाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । गविसले वितरण गरेको दोश्रो चौमासिकको सुरक्षा भत्ता लिनेहरुमा ज्येष्ठ नागरिकहरुको कार्ड नविकरण भएको ४० जना, नयाँ थप भएको ५ जना गरी ४५ जना ज्येष्ठ नागरिकहरुले भात्ता लिएका छन् ।

यसैगरी दलित ज्येष्ठ नागरिक तर्फ कार्ड नविकरण भएको ११ र थप नयाँ २ जना गरी १३ जना व्यक्तिहरुले सासु भात्ता बुझिएको लौकही गाविसका सचिव भागीरथ संजेलले बताएका छन् । गाविसमा भात्ता बुझिनेहरुमा कार्ड नविकरण भएको अतिअशक्त अपाङ्ग ८ जना, नविकरण भएको पुर्ण अपाङ्ग २ जना र नयाँ थप भएको २ गरी १२ जनाले भत्ता बुझिएको हो ।

सासु भत्ता बुझने दलित बालबालिकाहरु पुरानो कार्ड नविकरण भएको ४६ जना र नयाँ थप भएको ९ जना गरी ५५ जना बालबालिकाहरुले लौकही गाविसको कार्यालय बाट भात्ता बझिएको लौकहीका सामाजिक परिचालिका पुनम मण्डलले जानकारी दिइन् । यसैगरी सामाजिक परिचालिका मण्डलले दिएकी जानकारी अनुसार ६० वर्ष माथीका ४३ जना र ६० वर्ष मुनीका एकल महिला १ सय १२ जना मध्ये १ सय ६ जना नयाँ थप भएको ३ जना गरी १ सय ९ जना एकल अर्थात विधुवा महिलाहरुले समाजिक सुरक्षा भत्ता लिएको परिचालिकाले जानकारी दिएकी छिन् ।

यता लौकही गाविसका समाजिक परिचालिका मण्डलले गाविसको प्रत्येक वाडामा समाजिक भत्ता लिनका लागी पत्राचार गरेपनि सामाजिक सुरक्षा भत्ता लिन नआएको बताएकी छिन् । लौकहीका ६० वर्ष मुनीका कार्ड नविकरण गराएको एकल महिला १ सय १२ जना मध्ये ६ जनाले भात्ता बुझेका नआएको हो । गाविसमा भात्ता लिन नआएको लौकही वार्ड नं.२ का ५९ वर्षिया सुमित्रा शाह, वार्ड ६ का ५२ वर्षिया अनिता देवी मण्डल, वार्ड नं. ६ बस्ने ५४ वर्षिय सोनामन्ती देवी मण्डल र सोही वाड वस्ने ५९ वर्षिय नौमिता मण्डल, वार्ड ८ बस्ने ६० वर्षिया बिमला देवी मण्डल र सोही वाडा बस्ने ४१ वर्षिया अमला देवी मण्डल भत्ता लिन नआएको परीचालिका मण्डलले बताइन् । यता परिचालिका मण्डलले बताए अनुसार भत्ता लिन नआएका एकल महिलाहरु रोजगारका लागी भारतीय मुलुकमा रोजगारीका लागी गएको बताईन् ।

तपाईको प्रतिक्रिया