sima bat abaidh nikasi inaruwa
इनरुवा पुष ११/ खुला सीमाका कारण हुने चोरी निकासी र पैठारी नियन्त्रणकालागि सुनसरीका सरोकारवालाहरुले सहकार्य गरी अघि बढ्ने निर्णय गरेका छन् ।

sima bat abaidh nikasi inaruwa1
भारत सँग जोडिएको खुला सीमाका कारण अवैध रुपमा पशुपंक्षि तथा पशुजन्य पदार्थको निकासी पैठारी जारी रहेकाले नियन्त्रणमा देखिएको चुनौतिको आंकलन गदै सहकार्य गरी अघि बढ्ने सहमति गरिएको हो ।

sima bat abaidh nikasi inaruwa2
सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले सीमानाकामा हुने चेकजाँचलाई कडा पारिनुका साथै सो क्षेत्रमा छड्के अनुगमनसँगै सीमावर्ति क्षेत्रका वासिन्दालाई लक्षित गरी सचेतना सम्वन्धि कार्यक्रम संचालनमा ल्याइने निर्णय गरेको छ ।जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरीले आयोजना गरेको कार्यक्रममा सीमावर्ति क्षेत्रका नेपाल प्रहरी तथा ससस्त्र प्रहरीका प्रनीनिधी सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया