११ पौष, सुनसरी। सातौ राष्ट्रिय खेलकुल अन्तर्गतको गल्फ प्रतियोगिताको उपाधी पुर्वाञ्चलले जितेको छ । सोमबार धरान स्थित निवार्णा कन्ट्रि क्लव एण्ड गल्फ रिसोर्टमा भएको सम्मन्न प्रतियोगितामा ५४ होलको समाप्तिमा कुल ४३९ स्कोर बनाउदै पुर्वाञ्चलले स्वर्ण जितेको हो ।

५४ होलको समाप्तिमा कुल ४७२ स्कोर गरेको पश्चिमाञ्चलले रजत पदत हात पार्दा ४७५ स्कोर बनाएको आर्मी कास्य जितेको छ । व्यक्तिगत तर्फ भने पुर्वाञ्चलक शुक्रबहादुर राइर्ले ५४ होलको समाप्तिमा २१९ स्कोर बनाउदै स्वर्ण जिते भने २२१ स्कोर बनाएका सुन्दर राईले रजत र २२५ स्कोर बनाएका युवराज भुजेललले कास्य पदक हात पारे । प्रतियोगिताका विजेताहरुलाई नेपाल गल्फ संघका केन्द्रिय अध्यक्ष मधुकर याक्थुङवा , जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष धनप्रसाद राई लगाएतले मेडल , प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया