११ पुष, सुनसरी। पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा सबै भन्दा बढि आर्मीले ७० वटा मेडल प्राप्त गरेको छ । आर्मीले ३६ वटा स्वर्ण , २० वटा कास्य र १४ वटा रजत हात पारेको छ ।

त्यस्तै नेपाल पुलिसे ४२ वटा मेडलमा आफ्नो कब्जा जमाएको छ । नेपाल पुलिसले अहिले सम्म १७ वटा स्वर्ण, १४ वटा कास्य र २१ वटा रजत गरस् ५२ वटा पदक जितेको छ ।

त्यस्तै शसस्त्रले १२ वटा स्वर्ण, ११ वटा कास्य र १९ वटा रजतगरी जम्मा ४२ वटा पदक हात पारेको छ ।

त्यसैगरी मध्यमाञ्चलले ६ वटा स्वर्ण, १४ वटा कास्य र १४ वटा रजत गरी जम्मा ३४ वटा पदक जितेको छ ।

भने पश्चिमाञ्चलले २ वटा स्वर्ण, ११ वटा कास्य र ९ वटा रजत गरी २२ वटा पदक आफ्नो पोल्टोमा पार्न सफल भएको छ ।

त्यसैगरी सुदुरपश्चिमाञ्चलले २ वटा स्वर्ण, २ वटा कास्य र १८ वटा रजत गरी २२ वटा पदक जितेको छ ।

साथै मध्यपश्चिमाञ्चलले २ वटा स्वर्ण, २ वटा कास्य र ६ वटा रजत गरी जम्मा १० वटा मात्रै पदकमा चित्त बुझाउनुपर्याे ।

भने पूर्वाञ्चलले ३ वटा स्वर्ण, ६ वटा कास्य र १२ वटा रजत हात पारेको छ ।

 

तपाईको प्रतिक्रिया