११ पुष, मोरंग। मोरङको बैजनाथपुरमा जारी पुरुष क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाली सेना र पुलिस विजयी भएका छन् । पहिलो खेलमा सेनाले मध्यपश्चिमाञ्चललाई ३० रनले पराजित गर्दै जित हात पारेको हो ।

मध्यपश्चिमले टस जितेर बलिङ रोजेपछि ब्याटिङ थालेको सेनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५७ रन जोडेको थियो । १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मध्यपश्चिम पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो ।

यस्तै दोस्रो खेलमा पूर्वाञ्चललाई ५० रनले पराजित गर्दै नेपाल पुलिस विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४४ रन बनाउन सफल भयो । जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित ओभरमा सवै विकेट गमाई ९४ रनमात्र जोड्न सक्यो ।

तपाईको प्रतिक्रिया