११ पुष, धरान। सातौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ सुनसरीको धरानमा आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
आजको खेलमा पुलिसले मध्यामाञ्चललाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

यसअघि हिजो भएको खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चलले बराबरी खेल्दै अंक बाँडे भने दोस्रो खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई हराएको थियो । सशस्त्र प्रहरी बलको एपिएफ र सुदूरपश्चिमाञ्चल क्षेत्रले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । बराबरी अंक बाँडेपछि एपिएफले ४ अंक जोडेको छ भने सुदूरले १ अंक जोडेको छ । दोस्रो खेलमा पूर्वाञ्चल विजयी भएको छ । पश्चिमाञ्चललाई ३–० गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल विजयी भएको हो ।

तपाईको प्रतिक्रिया