१२ पुस, पोखरा । कास्कीको निर्मलपोखरीबाट पोखरा आँउदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् भने १४ जना घाइते भएका छन्।

मंगलबार बिहान क्याम्पसका विद्यार्थी लिएर आँउदै गर्दा बस दुर्घटना भएको बताइए को छ । बस करिब ३ सय मिटर तल जंगलमा पुगेकोप्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया