kissing chumban

मानिसहरु प्रेम ब्यक्त गर्नका लागि अनेक तरिका अपनाउँछन् । त्यस मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो । तर कतिपय अवस्थामा भने सम्झना योग्य बनाउन चाहेको समय हडवडका कारण निरास बन्न सक्छ । यस्तै चुम्बन गर्ने समयमा पनि विशेष ध्यान दिनु पर्छ । किन भने चुम्बन गर्दा ध्यान पुर्‍याइएन भने तपाइँको दिन यादगार बनाउने भन्दा पनि विर्सन लायक हुन सक्छ ।

चुम्बन गर्नु अघि यी ५ काम कहिल्यै पनि नगर्नुस्

१ स्वासको दुर्गन्ध
यदी तपाइँले कसैलाई मायाँ प्रेम ब्यक्त गर्नका लागि चुम्बन गर्दै हुनुहुन्छ भने स्वासको दुर्गन्धको प्रसंग ननिकाल्नुस् । दुर्गन्ध अनुभव नै भएपनि यस्तो गन्हाएको वा यस्तो उस्तो भनेर टिप्पणी नगर्नुस् । यसले तपाइँको प्रेम एकैछिनमा घृणामा बदलिन सक्छ ।

२ चुम्बनको तुलना
कुनै पनि स्त्रीलाई चुम्बन गर्दै हुनु हुन्छ भने उसलाई पहिले उसको पूर्व प्रेमी वा पतिले कसरी चुम्बन गर्छ वा कस्तो स्टाइल भन्ने जस्ता प्रश्न नसोध्नुस् । यस्ता प्रश्न केटीहरुलाई मन पर्दैन ।

३ डकार
चुम्बन गर्ने समयमा डकार्नु सबैभन्दा असभ्य काम हो । तपाइँलाई डकार आइरहेको छ भने यस्तो समयमा चुम्बन नगर्नुस् ।

४ मुड छैन
कुनै पनि स्त्रीलाई चुम्बन गर्दा मलाई मुड त छैन तर तिमीलाई खुसी पार्न चुम्बन गर्छु भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्नु भनको प्रेमिल अवस्थालाई घृणामा बदल्नु जस्तै हो ।

५ मैले यस्तो सोंचेको छैन
कुनै पनि विपरित लिङ्गी ब्यक्तिसँग घुमफिर वा नजिक भएपछि चुम्बन गर्न चाहेमा मैले यस्तो सोंचेकै छैन नभन्नुस् । यस्तो भन्नु भनेको अर्काको चित्त दुखाउनु हो ।

तपाईको प्रतिक्रिया