Pearl-Harbor

एजेन्सी ।  जापानी प्रधानमन्त्री शिन्जो आबे अमेरिकी द्वीप हवाई स्थित पर्ल हार्वरको भ्रमण गर्देछन्। भ्रमणमा आबेसंग अमेरकी राष्ट्रपति बाराक ओबामा समेत हुनेछन्।पर्ल हार्बर त्यही स्थान हो जहाँ ७५ वर्ष अगाडी जापानले बमको बर्षा गरेर अमेरिकामाथि ठुलो क्षति पुर्याएको थियो।सन १९४१ मा जापानले पर्ल हार्बरको अमेरिकी सैन्य केन्द्रमा बम हमला गरेको थियो। दोस्रो विश्व युद्दमा अमेरिकी जमिनमा भएको यो पहिलो हमला थियो।जापानको यो हमलामा २४ सय अमेरिकी सैनिक मारिएका थिए भने १९ वटा ठुला सैन्य जहाजहरु नष्ट भएका थिए।

यसका साथै ३२८ वटा अमेरिकी विमान क्षतिग्रस्त वा पुर्णरुपमा नष्ट भएका थिए । जापानले लगातार १ घण्टा १५ मिनेटसम्म पर्ल हार्बरमा बम बर्षाएको थियो। हमलामा सय भन्दा बढि जापानी सैनिक पनि मारिएका थिए। यही हमला पछि अमेरिकी दोस्रो विश्व युद्दमा सामेल भएको थियो।पर्लहार्बरमाथि जापानी आक्रमणले अमेरिकी नीति बदलियो र बदलामा अमेरिकाले जापानका दुइ शहरमा आणविक बम खसालेर ध्वस्त बनाइदियो।

त्यसपछी जापानको भाग्य र रुपरेखा नै बदलियो भने अमेरिका पनि उही रहेन। सन १९४५ मा अमेरिकाले जापानको हिरोशिमा र नागासाकी विध्वंशक आणविक बम खसाल्यो जसलाई पर्ल हार्बरको बदला भनिएको थियो। वर्तमानमा अमेरिका र जापान दुबै नजिकका मित्र राष्ट्रहरु हुन्। दुइ देशबीच निकै नजिकको सैन्य सम्वन्ध पनि छ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

obama-and-shinzo-

तपाईको प्रतिक्रिया