१३ पुष, दिपेन्द्र यादव इनरुवा । राधा यादवको हत्यामा संग्लन हत्यारालाई प्रहरी प्रशासनले कार्वाही नगर्दा स्थानिय विद्यार्थीहरुले आज लौकही  बजारमा प्रदर्शन गरेका छन् ।

लौकही वार्ड नंं. २ स्थित संचालित रहेको राष्ट्रिय माद्ययमिक विद्यालय कक्षा ७ मा अध्ययनरत्त १४ वर्षिय बालिका राधा यादवलाई मंसिर २१ गते विहान ७ बजे हत्या गरेको महिनौँ बित्न लाग्दा पनि हत्यारालाई खोजी गरी कार्वाही गर्न नसक्दा स्थानिय विद्यार्थी तथा बालिका बलत्कार हत्या संघर्ष समिति लौकहीले प्लेकार्ड सहितको विरोध जुलुश निकालेको हो ।


बिरोध जुलुसमा महिला हिंसा बन्द गर, बलत्कारीलाई कार्वाही गर, हत्यारालाई फाँसी दे, नेपाली जनताको धनजनको सुरक्षा गर, हाम्रो अभियान नारीको सम्मान र मंसिर २१ गते भएको घटनाको छानविन गर लगायतका माग राखी लौकही बजारमा हजारौँ विद्यार्थीहरुको मासका प्लेकार्ड सहित र्याली प्रर्दशन गरेको थियो ।यसैगरी प्रदर्शन र्यालीमा विद्यार्थीले उठाएको मागलाई राज्य पक्षले नसुनेपछि थप आन्दोलनको तयारी समेत गर्ने बालिका बलत्कार हत्या संर्घष समिति लौकही सुनसरीका संयोजक तथा पुर्व सभासद सविता यादवले कार्यक्रमको उदघोष गरे ।

त्यस्तै हत्या गर्ने हत्यारालाई प्रहरी प्रशासनले खोजी गर्न नसक्दाँ सुनसरीका सिमावर्ती गाविसमा रहेका स्थानिय बासिन्दा तथा विभिन्न स्कुलमा अध्ययनरत्त विद्यार्थीहरु स्कुल, क्याम्पस जान डराउँने गरेको स्थानिय ब्रहमदेव यादवले जानकारी दिए । गरीव परीवारमा जन्म लिएका राधा कुमारी यादवको बुवा १० वर्ष अघि नै अकालमय मृत्यु भएको उनका छोराले भक्कानिदै भने “मेरो बुबा पनि छैन मेरो दिदीको नि हत्या भयो म गरीव भएकोले मलाई सरकारवादी पक्षले न्याय दिलाउँन नसकेन”  बताएका छन् ।

तपाईको प्रतिक्रिया