१३ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा तराई मद्येश लोकतान्त्रिक पार्टीले आफनो १० औँ स्थापना दिवसको अवसरमा नवप्रवेशी देवराम मद्येशीलाई सम्मान गरेका छन् ।

बुधबार जिल्ला पार्टी सचिवालयमा तमलोपाका जिल्ला अध्यक्ष चतुर्नन्द पाठक को अध्यक्षता तथा जिल्ला सदस्य मनिष प्रसाद रौनियारको संयोजकत्वमा १० औँ स्थापना दिवसको अवसरमा नव प्रवेशी तथा सो पार्टीका बरिष्ठ उपाध्यक्ष देवराम मद्येशी लगायतका व्यक्तिहरुलाई दोस्ल्ला, माला र टीका लगाई पार्टीका अध्यक्ष डाक्टर सिएन पाठकले सम्मान गरको हो ।

पर्टीको सम्मान कार्यक्रम सँगै सुनसरीका क्षेत्रिय सभापतिलाई आ आफनो क्षेत्रमा पार्टीको योजान विस्तार सँगै संगठनलाई सुदृढ गर्ने निर्णाय गरेको पार्टीका अध्यक्ष पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया