vollyball mahila lady sport satau rastriya khelkud

१३ पुस, इटहरी । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत इटहरीको रँगशालामा महिला तथा पुरुष भलिवल प्रतियोगीताका फाइनल खेल सम्पन्न भएका छन् । पुरुष भलिवलमा आर्मीले वाजी मारेको छ । आर्मीले विभागीए टीम एपीएफलाई ३ शुन्य को सोझो सेटमा हराएको हो ।

त्यस्तै आमीसँग सेमिफाइनलामा पराजीत भएको पश्चिमाञ्चलले कास्यका लागि प्रहरीसँग खेल्नु पर्नेमा असन्तुष्टि जनाएर नखेले पछि प्रहरीलाई स्वतह कास्य प्रदान गरिएको छ । मँगलवार आर्मीसँगको खेलमा पश्चिमाञ्चलका खेलाडीले निर्णायक विनय राई माथि हातपात गरे पछि भलिवल सँघले पश्चिमाञ्चलका तीन खेलाडीलाई निस्काशित गरेको थियो । सोहि विषयमा आफुलाई अन्यायमा परिएको भन्दै पश्चिमाञ्चलले असन्तुष्टि जनाएको हो ।

त्यस्तै महिला भलिवल तर्फ एपिएफले स्वर्ण हात पारेको छ । एपिएफले मध्यमाञ्चललाई तीन शुन्यको सोझो सेटमा पारजीत गरेको हो । त्यस्तै पश्चिमाञ्चलले कास्य पदक हात परेको छ । पश्चिमाञ्चलले ३ , २ को सेटमा प्रहरीलाई पराजीत गरेको हो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव कुमार विष्टले ट्रफि तथा प्रमाणपत्र प्रदान गरे ।

 

तपाईको प्रतिक्रिया