१३ पुस, इटहरी। तेक्वान्दो अन्तर्गत इटहरी रँशालामा आज ५ ओटा इभेन्ट सम्पन्न भएका छन् । योसँगै तेक्वान्दोका सम्पुर्ण खेल सम्पन्न भएका छन् । आज भएका ८० केजि पुरुष तर्फ आर्मीले स्वर्ण हात पारेको छ। आर्मीका रामदत्त भट्टले स्वर्ण हात पारे । त्यस्तै मध्यमाञ्चलका विवेक श्रेष्ठले रजक हात पारे भने पुर्वाञ्चलका राजकुुमाार माझि र मध्यपश्चिमका जय प्रकाश खत्वेले कास्य हात पारे ।

त्यस्तै ७३ केजी महिला तर्फ सेनाकी मिरा काफ्ले ले स्वर्ण हात पारिन् । त्यस्तै प्रहरीका मौसम कार्कीले रजत पदक हात पारिन् । मध्यपश्चिमकी अस्मिता रिजाल र एपीएफकी अप्सरा कार्कीले कास्य हात पारिन् । त्यस्तै ७४ केजी पुरुष तर्फ प्रहरीका निश्चल श्रेष्ठले स्वर्ण हात पारे । आर्मिका ज्ञानेन्द्र हमालले रजक पदक हात पारे । त्यस्तै सुदुर पश्चिमका इन्द्र बहादुर सिँह र एपीएफका भरत बोहराले कास्य हात पारे ।

त्यस्तै ६३ केजी पुरुष तर्फ प्रहरीका तेक्वान्दोका सम्पुर्ण खेल सम्पन्न का छन् । पश्चिमाञ्चलका किरण बहादुर आलेले रजक पदक प्राप्त गरे । त्यस्तै अर्मीका नैनवालक चौधरी र एपीएफका हिरामान चौधरीले कास्य पदक हात पारे । त्यसै गरि ६८ केजी पुरुष तर्फ आर्मीका महमद वैयसले स्वर्ण हात पारेका छन् । त्यस्तै एपीएफका जेम्स प्रधानले रजक पदक हात पारे । एपीएफका अनिल मोक्तान र पर्वाञ्चलका  निशान्त श्रेष्ठ ले कास्य हात पारे ।तेक्वान्दो अन्तर्गत १६ खेल मध्ये यस अघि ११ ओटाको खेलको छिनो फानो भएको छ । ११ खेलमा आर्मीले ८ स्वर्ण प्राप्त गरि सकेको छ । यो सँगै तेक्वान्दोमा समेत आर्मीले अधिक पदक बटुल्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया