१३ पुष, इटहरी। मोरङको वैजनाथपुरमा जारी पुरुष क्रिकेटमा आज भएको खेल अन्तर्गत मध्यमाञ्चल र शसस्त्र प्रहरी विजयी भएका छन् ।
पहिलो खेलमा ९ रनले नेपाल पुलिसलाइ हराउँदै मध्यमाञ्चल विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो ।

मध्यमाञ्चलका लागि प्रकाश विष्टले २५ रन र हरिशंकर साहले २२ रन जोडेका थिए । जवाफमा १ सय २१ को लक्ष्य पछ्याएको नेपाल प्रहरीले १९ दशमल ४ ओभरमा अलआउट हुँदै १ सय ११ रनमात्र जोड्न सक्यो । प्रहरीका लागि सुनिल धमलाले ४४ रन र योगेन्द्र कार्कीले २० रन जोडेका थिए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाइ २८ रनले हराँदै सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो ।जवाफमा एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ५ ओभरमा अलआउट हुदै एक सय ३७ रन मात्रै जोड्न सक्यो । भोली हुने पहिलो सेमिफाइनल खेलमा मध्यमाञ्चलले शसस्त्र प्रहरीको र दोश्रो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीका बिच सामना हुने छ ।

(कबड्डी फाइनल)

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत मोरङको टंकीनिसवारीमा आज सम्पन्न कबड्डीको महिला र पुरुष दुवै तर्फको स्वर्ण नेपाली सेनाले जितेको छ ।
आज भएको महिला तर्फको खेलमा नेपाल प्रहरीलाई २४÷२२ अंकले हराउँदै सेनाले स्वर्ण जितेको हो । प्रहरीले हारसँगै रजतमा चित्त बुझाउनुपर्यो । त्यस्तै पुरुषतर्फको खेलमा मध्यमाञ्चललाइ सेनाले ३०÷४७ अंकले हराउँदै स्वर्णमा कब्जा जमाएको हो । यो हार संगै पुरुष कबड्डीमा मध्यमाञ्चलले रजतमा चित्त बुझाएको छ ।

 

तपाईको प्रतिक्रिया