mahila cricket satau khelkud sport

१३ पुष, इटहरी। सातौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय गौरवका रुपमा भब्य रुपमा सम्पन्न गर्ने उद्घोष गर्दै आउनु भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव एवम पदाधिकारीहरुले सर्वत्र आलोचनाका स्वरहरुमात्र सुनिन थालेपछि यसअघि घोषणा गरिएका कार्यक्रमहरु समेत रद्द भएको भन्न बाध्य हुनु परेको छ ।

राखेपले नै आज धरानको धरान किचेनमा आफु निकटका सञ्चारकर्मी र समर्थहरुलाई बोलाएर गरिएको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव केशवकुमार बिष्टले यसअघि घोषणा गर्नुभएको राष्ट्रिय किर्तिमान कायम राख्ने खेलाडीहरुलाई प्याराग्लाईडिङ्ग गराई आकर्षक नगद पुरस्कारद्धारा सम्मान गरिनेछ भनेर गरिएको घोषणा रद्द हुन पुगेको छ ।खेलाडीसँगै स्थानीय आयोजकहरुले आफ्नो स्थानको साख जोगाउनकै लागि खेल सम्पन्न गरि दिएको र स्थानीय सहयोगीहरुले राखेपबाट एक कञ्चो समेत सहयोग नभएको भन्दै कडा आलोचना भई रहेका बेला सदस्य सचिव बिष्टले धरानको धरान किचेनमा फेरि पनि निकटका सञ्चारकर्मीहरुलाई खेल सम्पन्न नहुञ्जेलसम्म सघाउन अनुरोध समेत गर्नुभएको छ ।

धरान १७ को ए्न्फा टेक्निकल खेल म्रदानमा सातौ राष्ट्रिय खेल अन्तर्गतको पुरुष फुटबल खेल भईरहँदा खेलाडीको नामावली समेत सञ्चारकर्मीले नपाएको तथा केही आसेपासे राखेपले हण्डी दिएर राखेका सञ्चारकर्मी भनिनेहरुले सामान्य खेल समेत नबुझेका मानिसलाई राखेको पनि सर्वत्र विरोध खेप्नु परेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरुले मावनवाधिकारकर्मीले लगाउने काम नै नलाग्ने ज्याकेट आफु निकटका सञ्चारकर्मीलाई दिनका लागि राखेपले तयार पारेर ल्याएको कुराले पनि पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव र पदाधिकारीहरुले खप्की खानु परेको छ । पत्रकार सम्मेलनमा सहभागि भएका नियमित फिल्डमा रिपोर्टिङमा दौडिरहने सञ्चारकमीहरुले भने आफुहरुलाई एक शब्द समेत सोधखोजमा राखेपले शब्द खर्चिन पनि नसकेको गुनासो सुन्नु परेको छ ।

स्थानीय सञ्चारकर्मी बाहेक राजधानीबाट रिपोर्टिङका लागि धरानको एन्फा टेक्निकल खेल मैदानमा रहेका सञ्चारकर्मीहरुले पनि राखेपले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा पदाधिकारीहरुप्रति गम्भीर असन्तुष्टि राख्दै राखेपको चरम लापर्वाहीका कारणले सञ्चारकर्मीहरुले धेरै भुक्तमान भोग्नु परिरहेको गुनासो गर्दै खेल मैदानमा छिर्नका लागि प्रयोगमा ल्याईएको सञ्चारकर्मी पास पनि उपलब्ध नगराउने राखेपको नीति कस्तो भनेर प्रश्न समेत गर्दा पदाधिकारीहरुबीच हेराहेर चलेको थियो ।

सातौ खेल समापनका लागि प्रधानमन्त्री आउने भनेर ब्यापक प्रचार प्रसार गरिएको भए पनि आजको पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव बिष्टले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता रहने भनेर जानकारी दिएपछि सञ्चारकर्मीहरुले हामीले त्यहाभित्र कसरी पस्ने र रिपोर्टिङ गर्ने भनेर सदस्य सचिवको ध्यानाकर्षण गराउँदा उहाँले हामीले धेरै पास बाँडेका छौ भन्नुभयो । अनि त्यतिखेर त्यहाँ उपस्थित दैनिक रिपोर्टिङमा सक्रिय सञ्चारकर्मीले हामीले देख्न समेत पाएका छैनौ भन्दा पदाधिकारी अलमल्ल पर्दै नाजावाफ बन्न पुगेका थिए ।

पत्रका सम्मेलनमा सहभागि सञ्चारकर्मीहरुले खेलाडीले १४ सय रुपियाँ दैनिक पाएको भनिए पनि खेलाडीहरुले खेल खेल्ने स्थानमा खाना खाए बापत छाकको ६० रुपियाँमात्र पाउँछस भनेर राखेपका कर्मचारीहरुले गर्ने गरेको रुखो ब्यवहार पनि पत्रकार सम्मेलनमा निक्कै आलोचनाको विषय बन्न पुगेको थियो । त्यतिबेला सदस्य सचिव बिष्टले खोई मलाई रिपोर्ट भएको छैन सवै पत्रकारलाईमात्र थाहा हुँदो रहेछ भन्ने किसिमका रुखो जवाफ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया