naya sakti sirha pradarshan1

१३ पुस, अमर पासमान सिरहा। भारतसँग जोड्ने लहान–ठाडी सडक निर्माणमा भएको व्यापक भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले आज विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।

ठाडी बजारबाट हजारौंको संख्यामा निस्कोको मोटरसाइकल र्याली लहानसम्म पुग्यो । र्यालीका क्रममा ठाडी, भगवानपुर, लहान लगायतका बजारमा कोणसभा गरियो । कोणसभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सडक निर्माणमा भएको भएको भ्रष्टाचारको छानविन गर्न सम्बन्धित निकायसँग माग गरे ।

naya sakti sirha pradarshan

उनले लहान– ठाडी सडकमा कालोपत्रे गर्न पूर्वाञ्चल सडक डिभिजन कार्यालय लहानले ठेक्का लगाएको बताउँदै सोही कार्यालयका इन्जिनियरसँग ठेक्केदार मिलेर तीन पटक ठेक्का लिएपनि काम नगरेको आरोप लगाए । उनले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे ।सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारीसहित नाङगो मोटरसाइकल र्याली निकालिएको नेता यादबले बताए । सिरहाका अन्य सरकारी कार्यालयमा पनि भइरहेको खुलेयाम भ्रष्टाचार रोक्न नयाँ शक्ति पार्टीले निरन्तर खबरदारी गरिरहने प्रतिवद्धता जनाए ।

naya sakti sirha pradarshan2

यस्तै कोणसभामा पार्टीका सिरहा संयोजक जिवछ यादब, जिल्ला नेताहरु सुरेन्द्र यादब, रामनारायण यादब, विष्णुदेव यादब, घनश्याम श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य राखेको थियो । उनीहरुले पनि लहान–ठाडी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न र अविलम्ब उक्त सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका थिए ।

naya sakti sirha pradarshan3 naya sakti sirha pradarshan4

तपाईको प्रतिक्रिया