ramdev baba patanjali

१४ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको सहयोगमा गैरआवासीय नेपाली संघका संस्थापक तथा अर्बपति व्यापारी डा. उपेन्द्र महतोले नेपाल सरकारका स्वामित्वमा रहेका जग्गाजमिन तथा सम्पत्ति हडप्ने खेल शुरू गरेका छन्।

यी सम्पत्ति र जग्गाजमिन हडप्न सकेमा उनी फोब्र्स पत्रिकाले घोषणा गरेका नेपालका एक मात्र खर्बपति व्यवसायी विनोद चौधरीभन्दा पनि धनी हुने निश्चित छ। पछिल्लो जानकारीअनुसार रसिया र बेलारुसमा अपारदर्शी व्यवसाय गर्दै आएका डा. महतोले सन् १९९० यता दुई दशकमा कमाएको भनिएको झन्डै १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिको स्रोत शंकास्पद रहेको छ।

१.  बाहिरबाट आएको रकमको न स्रोत खुल्छ न त कर नै तिरिन्छ।
२.  नेपाल टेलिकम हत्याउन प्रमपुत्रलाई दुरुपयोग गर्दै आफ्नै भित्रियालाई परामर्शदाता नियुक्त।
३.  बाहिरबाट कसरी अर्बौं आइरहेको छ भन्नेबारेमा राष्ट्र बैंकमा कुनै रेकर्ड देखिँदैन।
४.  वैदेशिक लगानी भित्र्याउन कुनै पनि सरकारी निकायबाट पूर्वस्वीकृित लिइएको छैन।
५.  अख्तियार प्रमुख कार्की निलम्बित भएपछि आफ्ना अवैध धन्दा चलाउन उपेन्द्रलाई सजिलो।
६.  एनसेलको शेयर बिक्रीमा ६३ करोड कर छलीको आशंका।
७.  भारतका विवादास्पद स्वामी रामदेवसँग संदिग्ध साँठगाँठ।
८. म नेपाली भएकाले विदेशी लगानी ल्याउन अनुमति लिनुपर्ने जरुरी छैनः महतो

यसैबीच राजनीतिक व्यक्ति, नीतिनिर्माता र सरकारी कर्मचारीलाई आफ्नो धनको प्रभाव र लालच देखाउँदै आएका डा. महतोले आफ्नो नेपालस्थित लगानीलाई सुरक्षित राख्न र विस्तार गर्न प्रधानमन्त्रीपुत्र प्रकाशलाई अवाञ्छित रूपमा प्रयोग गर्ने रणनीति बनाएको बुझिएको छ।

तत्कालीन युवराज पारस स्वभावका प्रकाशको रसरंग गर्नुपर्नेे बानी बुझेका महतोलाई प्रधानमन्त्रीपुत्रलाई दुरुपयोग गर्न सहज भएको छ। प्रधानमन्त्री दाहालले छोरालाई थान्कोमा राख्न नसके प्रकाशकै कारण प्रधानमन्त्री दाहाल अझ अप्ठ्यारोमा पर्ने निश्चित छ। पछिल्लो पटक डा. महतो समूहले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम सस्तोमा खरिद गर्ने प्रपञ्च शुरू गरेको छ। नेपाल टेलिकमको २५ प्रतिशत शेयर हाललाई उपेन्द्र महतोको कम्पनीले खरिद गर्ने व्यवस्था मिलाउन प्रकाशले आफ्ना प्रधानमन्त्री बाबुको प्रभावको प्रयोग गर्दै छन्।नेपाल टेलिकमको शेयर महतो समूहलाई बेच्नका लागि डा.उपेन्द्र महतोकै दाहिने हात मानिने दीपक तिमल्सिनालाई गत साता नेपाल टेलिकमको सम्पत्तिको मूल्यांकन गर्ने परामर्शदाता नियुक्त गरिएको छ। तिमल्सिनालाई जसरी पनि परामर्शदाता नियुक्त गराउने दबाब नेपाल टेलिकमका महाप्रबन्धकलाई प्रधानमन्त्री पुत्रले दिएका थिए। सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सिनाका भाइ दीपक पहिलेदेखि नै महतोको कम्पनीमा काम गर्दै आएका भित्रीया मान्छे मानिन्छन्।

Upendra-Mahato
नेपाल टेलिकम नेपालमै सबैभन्दा बढी ६ हजार ५ सयलाई रोजगारी दिने र सबैभन्दा बढी कर तिर्ने सरकारी संस्थान हो। यसकारण संसद्को सार्वजनिक लेखा समिति र विकास समितिका सदस्यहरूले नेपाल टेलिकमको शेयर बिक्री प्रकरणका बारे चासो लिन थालेका छन्। तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि डा. उपेन्द्र महतोलाई सरकारी सम्पत्ति हडप्ने अनुकूल वातावरण मिलेको छ। गत बिहीबार सर्वोच्च अदालत परिसरमै अदालतमा हाजिर भएका लोकमानलाई कुटपिट गर्न र कालोमोसो दल्ने घटना पनि संदिग्नताको घेरामा परेको छ।

लोकमान निलम्बनमा परेपछि आयोगका निमित्त प्रमुख आयुक्त बनेका दीपकुमार बस्नेतलाई प्रमुखआयुक्त बनाइदिने लोभ देखाएर नेपाल टेलिकम र एनसेलको शेयर बिक्री प्रकरणमा आयोगबाट अनुसन्धान नगर्ने तारतम्य डा. महतोकै प्रभाव र पैसाको बलमा मिलाएको अख्तियारको स्रोत बताउँछ।

 

तपाईको प्रतिक्रिया