१५ पुस, सुनसरी  । नेपाल आर्मी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । आर्मीले अव उपाधीको लागी आज हुने खेलमा शसस्त्रको एपिएफको सामना गर्ने छ । धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा विहीबार सम्मपन्न खेलमा सडेन डेथमा मध्यमाञ्चललाई २ का विरुद्ध तिन गोले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागी सडेन डेथमा दिपक लामा , पदम तामाङ, र राजु तामाङले गोल गरेक थिए भने मध्यमाञ्चलका तर्फमा वाट निर वहादुर आले,र दिनेश योञ्जनले मात्र गोल गरे । सडेन डेथमा मध्यमाञ्चलका जित वहादुर मगर गोल गर्न मा चुक्दा फाइनलको यात्रा सकिएको थियो । विहिबारै भएको ट्राइबेकरमा ४–४ बराबरी भए पछि खेल सडन डेथमा पुगेको थियो ।

ट्राइवेकरमा राष्ट्रिय टोलिका स्टा्रइकर समेत रहेका नवयुग गोल गर्न चुके पनि आर्मीका लागी जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल र गोल रक्षक विकेश कुथुले गोल गरेका थिए भने मध्यमाञ्चलका लागी कुल दिप कार्की, सन्तोष सेन , सञ्जय कार्की र आयादित्य शाक्यले गोल गरे । मध्यमाञ्चलका एरिक विष्टको पेनाल्टि प्रहार भने गोल पोष्टमा ठाकिएको थियो । मध्यमाअञ्चल र आर्मी को बुधबार भएको खेलमा निर्धारित ९० मिनेटको समय तथा आतिरिक्त ३० मिनेटमा समेत दुवै टिम वाट गोल हुन नसकेपछि समय अभाव देखाउदै विहबार विहान ट्राइबेकर गराइएको थियो ।

तपाईको प्रतिक्रिया