१५ पुष, इटहरी। यातायात व्यवस्था कार्यालय कोशीले चार वर्ष पछि ठूला सवारी साधनको चालक अनुमति पत्र ‘लाइसेन्स’ को आवेदन खुलाएको छ । पूर्वाधारको अभाव देखाउँदै कार्यालयले चार वर्ष अघिदेखि ठूला सवारी साधनको चालक अनुमति खुलाएको थिएन ।

यातायात व्यवस्था कार्यालय कोशीका प्राविधिक कर्मचारी गोपी बोहोराका अनुसार आउँदो पुस १७ र १८ गते आवेदन लिने गरी ठूला सवारी साधनको चालक अनुमतिपत्रको लागि आवेदन खुलाइएको होे । जसमा ट्याक्टर, मिनी बस, मिनी ट्रक, ट्रक, बस, लहरी, रोडरोलर, डोजरलगायतका सवारी साधान पर्दछन् । यसै गरी साना सवारी साधानको लागि पुस २० र २१ गते यातायात कार्यालयले आवेदन लिने छ । २०६९ अन्तिमदेखि यातायात व्यवस्था कार्यालय कोशीले सवारी साधान इजाजत पत्रको आवेदन लिएको थिएन ।

केही समय पछि मोटरसाइकल र स्कुटरको आवेदन लिए र इजाजत पत्र वितरण गरे पनि ठूला सवारी साधानको चालक इजाजत पत्र त्यस पछि पहिलो पटक खुलाएको हो । यस बीचमा साना सवारी साधन र ट्याक्टर चालकका लागि एक पटक आवेदन खुलाएको थियो । जम्माजम्मी १५ लाख रुपैयाँ खर्च गरेर यतिका समय पछि यातायात व्यवस्था कार्यालय कोशीले मोरङको सुन्दरदुलारीमा रहेको साजीलाल उच्च माविको जग्गा भाडामा लिएर ‘ट्रायल स्पोर्ट’ बनाएको छ । त्यो पनि पूर्ण रुपमा तयार भइ नसकेको प्राविधिक बोहोराले बताए ।

त्यस अघि मोटरसाइकलको ‘ट्रायल स्पोर्ट’ तयार गरिएको थियो । विभागबाट ‘ट्रालय स्पोर्ट’को लागि पैसा नआएकोले ढिलो भएको कर्मचारीको भनाई छ । सेवा ग्राहीको चाप बढेपछि इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय कोशीले सवारी चालक अनुमति पत्रको लागि इटहरी–२ आँपगाछीमा छुट्टै कार्यालय खोलेका छ । कार्यालय प्रमुख, सनुसरीका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरी कार्यालय तथा प्राविधिक इन्जिनियरको बैठकले सवारी चालक अनुमति पत्रको आवेदन खुलाउने व्यवस्था छ ।

यातायात व्यवस्था कार्यालयमा लाईसेन्सको ट्रायलका लागि पूर्वाधार नै नभएको अवस्थामा सरकारले २०७० बैशाखदेखि सवारी साधन चालक अनुमति पत्रको इजाजतका लागि नयाँ व्यवस्था गरेपछि पूर्वाधारको अभावमा कोशीमा लाईसेन्स वितरण ठप्प भएको हो । पूर्वाधार निर्माणका लागि यातायात कार्यालय कोशीले मोरङको साजीलाल उच्च माविको एक बिघा ७ कठ्ठा जग्गा लिजमा लिएर ट्रायल सेन्टर निर्माण शूरु गरेको थियो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र वितरण गर्दा नयाँ तरिकाबाट ट्रायल पास गर्नुपर्ने प्रावधान लागू गरे पनि त्यसको लागि पूर्वाधारको बारेमा नसोच्दा काठमाडौं बाहिरका बासिन्दाले समस्या भोग्दै आएका छन् । पछिल्लो अवस्थामा विभागले अंग्रेजी आठ (एट), ५० सेन्टिमिटरको फलेक, यु टर्न जेब्रा क्रसिङ, ग्राभेल बाटो, ¥याम टेष्ट पार गरेपछि मात्रै सवारी चालक अनुमति पत्र दिने व्यवस्था बनाएको छ ।

 

तपाईको प्रतिक्रिया