१५ पुस, राजविराज दिलिप साह। सप्तरीको भारतीय सीमावर्ती बिहार राज्यमा मदिरा उत्पादन, सेवन तथा बिक्रीवितरणमा रोक लगाएपछि प्रहरीको मिलोमतोमा यहाँबाट मदिरा निर्यात हुन थालेको छ ।बिहार राज्य सरकारले मदिरा उत्पादन, सेवन तथा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको कारण सीमामा खटिएका प्रहरीको मिलोमतोमा वारीका बजारबाट अबैध रुपमा मदिरा निर्यात हुन थालेको रहस्य खुलेको छ । मदिरा तस्करहरुले सीमापारीका व्यापारीमा मदिरा पु¥याउने गरेका छन ।

बेलुकादेखि राती अबेरसम्म बोरा, झोला, मोटरसाइकल, लगायतमा लिएर पारी गएर महँगोमा व्यापारीलाई बेच्ने गरेको एक श्रोतले बताएको छ । भारतीय सीमा सुरक्षा बललाई आर्थिक प्रलोलनमा पारेर पारीपट्टिका खुद्रा व्यापारीहरुले नेपाली बजारबाट विभिन्न किसिमका रक्सी आयात गराएर बेच्ने गरेको छ ।

सप्तरीको सीमासँग जोडिएको भारतीय कुनौली, भीमनगर, बिरपुर, अन्ध्रामण्ठ, लौकही लगायतको बजारहरुमा गोल्डेन ओके, भर्जिन, फाइटर, रोयलस्टायग जस्ता नामका मदिराहरु निर्यात भइरहेको कुनौली बोडरका रामलखन यादवले जानकारी दिनुभयो । मदिरा तस्करीमा लागेकाहरुले प्रहरीलाई मासिक रुपमै पैसा दिने गरेको भन्दै उहाँले भन्नुभयो, पुलिसलाई पैसा नदिए मात्र त्यस्ता रक्सी जफत गरिन्छ । यता क्वाटरको रु.१५० पर्ने रक्सीको उता(भारतमा) रु.१५० भारुमा बेच्ने गरेको भन्दै उहाँले सीमाक्षेत्रका बेलुकादेखि राती अबेरसम्म रक्सीको ओसारपसार बढी हुने गरेको बताउनुभयो ।

पुलिसलाई मिलाउनेहरु निर्धक्क भएर रक्सीका पोका लिएर पारीका बजार जाने गरिन्छ भने तालमेल नमिलाएकाहरुको रक्सी पक्रेर देखाउने गरिएको भन्दै अर्का विजयकुमार मण्डलले भन्नुभयो, भारतीय बजारमा निश्चित व्यापारीहरु मात्र यस्तो कार्यमा लागेको छ । तिनीहरुलाई हालसेलमै बेच्ने गरेको छ ।

तपाईको प्रतिक्रिया