rastra sewak bahumukji sahakari sadharan sabha
इनरुवा पुष १६/राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले नियमित कारोवार गर्ने उत्कृष्ट १० जना शेयर सदस्यहरुलाई नगद तथा सम्मानपत्र सहित सम्मान गरेको छ ।संस्थाको १८औं साधारणसभाको अवसरमा उनिहरुलाई सम्मान गरिएको हो ।

४ सय ६७ जना पुरुष र २ सय ४५ जना महिला सहित १० जना सस्थागत गरी कुल ७ सय २२ जना शेयर सदस्य रहेको उक्त संस्थाको १० करोड १ लाख ७९ हजार ८ सय ७७ रुपैया कारोवार गरेको साधारण सभामा जानकारी दिइयो ।सहकारीले ६ करोड ९० लाख ९४ हजार २ सय ७९ रुपैयाँ पुँजि तथा दायित्व निमार्ण गरेको सहकारीका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । साधारण सभामा नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतकाले सहकारीको अवधारणा तथा अवलम्बन प्रकृया बारेमा धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया