sunsari congress mepmilap samman inaruwa

इनरुवा पुष १६/ नेपाली काँग्रेस सुनसरीले विचार गोष्ठीको आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवश मनाएको छ । जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित कार्यक्रममा विपीका विचारको सान्र्दभिकता र वर्तमान राजनैतिक परिवेषका बारे चर्चा गरिएको थियो । पार्टी सभापति राजिब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता सहित काँग्रेसका जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले गुटबन्दीबाट पाटीलाई अलग राखी मुलुकको समुच्चित निकाशको बागडोर काँग्रेसले सम्हाल्नु पर्ने धारणा राखे । मूलुक नयाँ संविधान कार्यान्वयनको दिशातर्फ अग्रसर रहेकाले भावि चुनाव लक्षित कार्यक्रमलाई जनस्तर सम्म लैजानु पर्नेमा स्थानीय नेताहरुले जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया