१६ पुस, इनरुवा । इटहरी स्थित शान्ति जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २१ अौ वार्षिक साधारणसभा समपन्न भएको छ। उक्त साधारणसभामा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले बिपी कोइरालाले लिनुभएको मेलमिलाप एवम् सहकार्यको नीतिलाई आत्मसाथ नगरेसम्म नेपालीले चाहे जस्तो शासन व्यवस्था प्राप्त गर्न नसक्ने बताउनुभयो ।

राज्यमन्त्री मेहताले संविधान कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्दछ भन्नुभयो । उहाले आगामी २०७४ माघ भित्रमा तीनवटै तहको निर्वाचन नभए संविधानको अस्तित्व नै खतरामा पर्ने सक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउनका लागि भएपनि एमालेले संसद् अवरुद्ध गर्न नहुने बताउनुभयो ।

सो संस्थामा एक हजार ४५६ सेयर सदस्य रहेका छन् । संस्थाले रु. ३५ करोड ६२ लाख ३८ हजार ८८८ कारोबार र रु. २५ करोड १९ लाख ६८ हजार कर्जा प्रवाह गरेको अध्यक्ष बमबहादुर न्यौपानेले जानकारी दिनुभयो ।कार्यक्रममा असल ऋणि, उत्कृष्ठ बचतकर्ता र प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क ल्याएर उतीर्ण गरेको छात्रछात्रालाई सम्मान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया