tamulohsar itahari१६ पुष इटहरी । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्व सुनसरीमा पनी धुमधामसँग मनाउदै । यही क्रममा इटहरी २ मा बसोवास गर्दै आएका गुरुङ समुदायले शनिवार आफ्नो जातीय संस्कार अनुसार तमु ल्होसारलाई धुमधामसँग मनाएर जातीय संस्कार र संस्कृतिको जगेर्नाका लागि भावी पुस्तासम्म यसको प्रभाव सकारात्म दिने कार्य गरिएको छ ।

कार्यक्रममा तमु भाषा संस्कृति संरक्षण सङ्घ सुनसरीका अध्यक्ष दुर्गाबहादुर गुरुङ्गले जातीय पहिचानसँगै नेपालीको आफ्नो मौलिक भाषा संस्कार र संस्कृतिका जगेर्ना हुन सक्यो भने मात्र पहिचानको महत्व रहने भएकाले आफ्नो नेपाली जातीय पहिचानलाई बचाई राख्न जरुरी छ बताए ।

आफ्नो जातीय संस्कार संस्कृति र पहिचान देखिने धर्म संस्कारलाई छाडेर अन्तै मोहित भएपछि नेपालीहरु जातीय भाषिक संस्कार संस्कृति समेत समाप्त हुने भएकाले मौलिकतामामात्र पहिचान लुकेर बस्ने भएकाले आफ्नो पिता पुर्खाले मानि ल्याएको मौलिकता बिर्सन नहुने कुरामा पनि अध्यक्ष दुर्गाबहादुर गुरुङको जोड रहेको छ । रतनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार रामबहादुर गुरुङ इटहरी गुम्वाका अध्यक्ष होम घले लगायतले तमु ल्होसारको महत्वका विषयमा प्रकाश पारेका थिए । यसैगरी सुनसरीको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा पनि विविध कार्यक्रमहरु गरी तमु ल्होसार पर्वलाई धुमधामसँग मनाइयो  ।

तपाईको प्रतिक्रिया