यो अचम्म गर्ने विषय हो की ९० को दशकमा बलिउडमा का गर्ने अभिनेता आमिर, सलमान र अक्ष आज पनि बलिउडका चर्चित हिरोका रुपमा रहेका छन् । सन् २०१६ का सुपरहित फिल्ममध्ये टप पाँच मध्ये ४ मा यिनीहरुकै कव्जा छ ।
५० सालका सलमान खान तथा ४९ सालका अक्षय आफूहरुसँग काम गर्ने नयाँ हिरोहरुलाई स्थान दिएका छैनन् । सन् २०१६ मा बलिउडमा १०० भन्दा धेरै फिल्म रिलिज भएक तर जम्मा ८ वटा फिल्म कमाइको मामलाई १०० करोड भन्दा माथि रहे । जस्मध्ये पाँच फिल्म यी हुन् ।
अभिनेता सलमान खानको सुल्तान फिल्मले एक पटक फेरी सावित गरेको छ की सलमान निजी जीवनमा विवादमा रहे पनि उनलाई मनपराउने हरुको कमी भएको छैन । सलमान र अनुष्का शर्माले दुई पहलमा वाला भूमिका निभएको फिल्म सुपरहिट रह्यो ।
नयाँ वर्ष सुरु हुनै लाग्दा चलिरहेको आमिर खानको चलचित्रले पनि यस वरष राम्रो कमाई गर्ने फिल्ममा आफ्नो नाम लेखाएको छ । दुई वर्ष पछि दर्शकमाझ आएका आमिरले चर्चित र कमाइ धेरै गर्ने फिल्मको दोस्रो स्थानमा आफ्नो नाम दर्ता गराएको छ ।
एम एस धोनी
१३३ करोडको कारोबार गरेको एम एस धोनी दि अनटोल्डो स्टोरीले धेरै चर्चा र कामाइमा तेस्रो स्थान हात परोको छ । भारतीय क्रिकेटका कप्ता धोनीको जीवनीमा आधारित फिल्मा धोनीको भूमिकामा अभिनेता ुसुशांत सिंह राजपूत हिट भए ।
एयरलिफ्ट
अक्षय कुमारको फिल्म एयरलिफ्टले यस वर्ष सय करोडको क्लव पार गरेको छ । १९९० मा कुवेतमा इराक महला पछि कुवेतमा फसेका भारतीयलाई सुरक्षित ल्याइएको कथा रहेको फिल्ममा अक्षयले रंजीय कटियालको भूमिका निर्वाह गरेका थिए ।
रुस्तम