१७ पुस, सिरहा। शुक्रबार २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेट लागूऔषधसहित सिरहा नगरपालिका ११ बाट दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा चन्द्रअयोध्यापुर ७ बस्ने २७ वर्षिय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामीरे ५ बस्ने २९ वर्षिय लालबहादुर खड्का छन्। दुबैलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले सिरहा-चोहर्वा सडक खण्डबाट राती १० बजेतिर पक्राउ गरेको हो। दुबै युवकलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया