rajendra mahato and mahichand

इनरुवा पुष १७/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिनुभएको छ। ओलीले मूलुकलाई अनिर्णयको बन्दी बनाउने काम गरेको महतोको आरोप छ ।  संसद अवरोध गरी संविधान संशोधनको प्रकृया अघि बढ्न नदिनु एमालेकै लागि घातक हुने महतोको भनाई छ ।

 सुनसरीको डुम्राहामा आयोजित कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा संचारकर्मीसँगको कुराकानीमा महतोले एमालेकै कारण मोर्चाका मागहरु ओझेल परेको बताउनुभयो ।  वर्तमान सरकार मोर्चाका माग सम्बोधन गरी अघि बढ्न तयार देखिएपनि ओलीकै कारण राजनैतिक जटिलता चुलिन पुगेको महतोको भनाई छ ।  प्रचण्ड नेतृत्वको सरकारले हचुवाको भरमा चुनावको घोषणा गरे त्यसलाई असहयोग गर्ने महतोको भनाई थियो ।

तपाईको प्रतिक्रिया