इनरुवा पुष १७/सुनसरीको मधेशा ५ मा अन्र्तराष्ट्रिय स्तरको कबर्ड हल निर्माण हुने भएको छ ।
पूर्व खेलाडीहरुको पहलमा बन्न लागेको कबर्ड हलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले शिलान्यास गर्नु भयो ।
जनतामा मावि मधेशाले उपलब्ध गराएको १ विगाह क्षेत्रफलमा अनुमानित ३ करोड बढीको लागतमा कबर्ड हल निर्माण गर्न लागिएको हो ।
गाविस, स्थानीयवासी र राखेप सहितको त्रिपक्षिय सहकार्यमा अत्याधुनिक पूर्वाधार सहितको कबर्ड हल निर्माण गरिने सदस्य सचिव केशब विष्टले बताउनुभयो ।भलिबल सहितका अन्य इनडोर खेलका अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितालाई मध्यनजर गरी सुविधा सम्पन्न कबर्ड हल निर्माण गरिने जनता मावि मधेशाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ अधिकारीले बताए ।