vim
पुष १८ झुम्का/नेकपा एमालेका सचिव भीम आचार्यले संविधान संशोधनको प्रकृयामा एमालेको कुनैपनि साथ र सहयोग नरहने स्पष्ट पार्नु भएको छ । एमालेलाई सहमतिमा ल्याउन वर्तमान सरकार जोडतोडकासाथ लागिपरेको प्रशंग कोट्याउँदै आचार्यले संशोधन प्रकृयामा एमाले नउभिने बताउनु भएको हो ।

संशोधनकालागि समावेश गरिएका बुँदाहरु औचित्यहीन रहेकाले कुनैपनि हालतमा एमालेका लागि त्यो स्विकार्य नहुने आचार्यको भनाई थियो ।
सुनसरीको झुम्कामा संचारकर्मीहरुसँगको कुराकानीमा एमाले सचिव आचार्यले प्रचण्ड नेतृत्वको सरकारले एमालेलाई वाइपास गरी अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।आचार्यले सरकारले सीमांकनलाई थाति राखेर संशोधन ल्याए त्यस उपर भने छलफलका लागि एमाले तयार रहेको बताउनुभयो ।एक अर्को प्रशंगमा आचार्यले मधेशी मोर्चालाई क्षेत्र नम्वर १ टुक्राइनु पर्ने अडान लिइरहेकाले त्यस्तो दिवा स्पन्न नदेख्न सुझाव समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया