tmmmma

इनरुवा पुष १८/सोमबारबाट इनरुवामा उद्घाटन नामक साप्ताहिक पत्रिका बजारमा आएको छ ।vटोमराज मेहता प्रकाशक रहेको उद्घाटन साप्ताहिक पत्रिकाको भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताले विमोचन गर्नु भयो । पत्रिका विमोचन पश्चात शुभकामना दिँदै कार्यक्रमका सहभागि वक्ताहरुले पत्रिका प्रकाशनसँगै गुणस्तरीयतालाई समेत ख्याल गर्नुपर्ने सुझाव दिए ।

tmmmmm
फरक शैलिको उद्देशियका साथ पत्रिका प्रकाशन आरम्भ गरिएको बताउने प्रकाशक मेहताले उद्घाटन साप्ताहिकले स्थानीय विषयवस्तुलाई तथ्यपरक, रोचक र पठनीय बनाउने लक्ष लिएको बताए । प्रकाशक मेहताले उद्घाटनलाई साप्ताहिकको भीडमा उत्कृष्ठ पत्रिका बनाई छाड्ने अठोट व्यक्त गरे ।

उद्घाटन साप्ताहिक पत्रिकाको सम्पादक दीपनारायण मेहता रहेकाछन् । सह सम्पादक श्यामचरण मोची, उपसम्पादक रामप्रवेश साह र प्रमुख संवाददाता पप्पु यादव रहेको उद्घाटन साप्ताहिक हरेक बुधवार इनरुवाबाट प्रकाशन हुने छ । सोमबार विमोचन भएको उद्घाटन साप्ताहिक सँगै इनरुवाबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाको संख्या ८ पुगेको छ । इनरुवाबाट थप तीन साप्ताहिक समेत विमोचनको  तयारीमा छन् ।

तपाईको प्रतिक्रिया