Rajendra-mhto press manch inaruwa sunsari
पुष १८ इनरुवा/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यथास्थितीमा चुनाव हुनै नसक्ने बताउनु भएको छ । प्रेस मंच सुनसरी शाखाले इनरुवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले संविधान संशोसन प्रकृया संसदमा अलपत्र परेको अवस्थामा चुनाव हुनै नसक्ने धारणा राख्नु भएको हो ।

वर्तमान सरकार चुनावी माहोल बनाउन भन्दा पनि हतारमा मिति घोषणा गर्न तर्फ लागिपरेको बताउँदै महतोले एमालेलाई समेत सहमतिमा ल्याएर विद्यमान समस्या समाधान तर्फ लाग्नु जरुरी रहेको बताउनु भयो । महतोले मोर्चाका माग सम्बोधन तर्फ प्रमुख बाधक बनेको एमालेलाई मधेश विरोधी नबन आग्रह गर्नुभयो । क्षेत्र नम्वर १ टुक्राइनुपर्ने अडान लिएका सद्भावना अध्यक्ष महतोले त्यसो नगरिए आफुहरुलाई मान्य नहुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया