god angel puja dukha haran

१८ पुष, झापा । झापाको पाडाजुँगीमा पाँचौ दुखहरण पुजा सम्पन्न भएको छ। स्वर्गिक मार्गका प्रवर्तक मास्टर गड एन्जलले पुजा गर्दै सबैमा शुभ आर्शिबाद प्रदान गर्नुभयो। स्थानीय आदिबासी जनजाती रंगशालामा करिव ५०हजार भक्तजनको उपस्थितीमा पुजा सम्पन्न भएको हो। यसजगतमा भएका सम्पुर्ण प्राणि एवं मानव जगतको दुःख हरणको कामना गर्दै पुजा गरिने पुजामा सहभागी दिलिप राईले जानकारी दिनुभयो।
हरेक जनवरी महिनाको एक तारिखमा पुजा गरिने बताउँदै राईले यस अघिका पुजाहरु झापाको पशुहाट, दोश्रो पुजा भारतको सिक्किम तेसो सुनसरीको धरान यसैगरी चौथो मोरङ्गको पथरीमा भएको बताउनुभयो।


आदिवासीको बिशेष उपस्थिती रहने भनिएपनि यस बर्षको पुजामा ब्राम्हण तथा क्षत्रीहरुको पनि उल्लेख्य उपस्थिती देखिन्थ्यो। मानव तथा पशुपन्छिको दुखहरण गर्ने उदेश्यले गरिने पुजामा मानव तथा प्राणी जगतको उद्धार बिश्व शांन्ति एवं शारिरिक तथा मानसिक दुख हरणको कामना गरिएको आयोजकले जनाएको छ।मास्टर गड एन्जलले दुखबाट सम्पुर्ण प्राणि जगतको उद्धारको लागी प्राथना गर्नुभयो। कार्यक्रममा करिव पाँचसय स्वयंसेवकका साथै गडएन्जलको आन्तरिक सुरक्षाका लागी करिव एकसय जना कालो पोशाक लगाएका बिशेष दस्ता परिचालित थिए।पुजामा सहभागी हुन भारतका बिभिन्न ठाउँका साथै देशभरका सबै जिल्लाका भक्तजनहरुको उल्लेख्य उपस्थिती थियो।

तपाईको प्रतिक्रिया