काठमाडौं। दक्षिण कोरियामा २०१७ का लागि वृद्धि गरिएको ज्यालादर आइतबारदेखि लागू गरिउको छ । यस वर्ष ७.३ प्रतिशत ज्याला वृद्धि भएको छ ।निर्धारित ज्यालाअनुसार कामदारले प्रतिघन्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन् । अब कामदारको दैनिक ज्याला ५१ हजार सात सय ६० वन भएको छ । त्यस्तै न्यूनतम पारिश्रमिक प्रति महिना १३ लाख ५२ हजार दुई सय ३० वन हुनेछ ।

हालको विनिमय दरअनुसार प्रतिमहिना नेपाली कामदारले ११ सय २० डलर (एक लाख २० हजार रुपैयाँभन्दा बढी) प्राप्त गर्नेछन् ।

२०१७ मा कामदारले प्रतिघन्टा चार सय वन थप रकम प्राप्त गर्नेछन् । अतिरिक्त समय काम भएको अवस्थामा प्रतिघन्टा नौ हजार सात सय पाँच वन प्राप्त गर्नेछन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया