१९ पुस, मोरङ। विराटनगर १९ जोगबनी-विराटनगर सडक खण्डस्थित पिपल चौकमा सोमबार राती अज्ञात समुहद्वारा एक मनि चेन्जर संचालकमाथी गोली प्रहार भएको छ। गोली प्रहारबाट विराटनगर २१ स्थित कृतेश मनि चेन्जरका संचाल विराटनगर १९ बस्ने ४० वर्षका बटेस साह घाइते भएका छन।

राती करिब साढे ८ बजे को ११ प २३७४ नम्बरको मोटरसाइकल चढेर विराटनगरतर्फ जादै गरेका साहलाई पछाडीबाट `दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समुहले गोली प्रहार गरेको हुन। सो समुहले  उनको साथमा भएको पाँच लाख रुपैया लुटी फरार भएका छन्।

साहको दाहिने तिघ्रा र पाखुरामा गोली लागेकोले उपचारकालागी कोशी अंचल अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ।फरार लुटेराहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

तपाईको प्रतिक्रिया