१९ पुस, काठमाडौं। रंगकर्मी तथा चर्चित टेलिश्रृंखला  तितोसत्यका कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । उनको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो ।राजा जनकको भूमिकामा अभिनय गर्दै गर्दा उनी एकाएक ढल्न पुगेका थिए भने उपचारका लागि वीर अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

कलाकार समन्वय संघको नेपालका महासचिव राधाकृष्ण आचार्यले नाटकको डाइलग बोल्दै गर्दा फुयाँल भूईमा ढल्न पुगेको र वीरअस्पतालमा उपचारको क्रममा निधन भएको लोकान्तरलाई बताए । उनका अनुसार फुयाँलको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ ।
उनको पार्थिव शरीरलाई भोलि बिहान ११ बजेदेखि २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने र त्यसपछि  अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया