१९ पुष, सप्तरी । सप्तरीको  कल्याणपुर-६ मा सोमबार पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २४ प ९६९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ५५ बर्षिया सिहान देबी पाश्वान  घाइते भएकी छिन्।

पासवानलाई उपचारकालागी स्थानिय मेडिकल लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया