marwadi yuva diwas itahari

१९ पुष , इटहरी। इटहरी स्थित निःसहाय बालबालिका सेवा आश्रममा रहेका बालबालिकाहरुलाई मारवाडी युवा दिवशको अवसर पारेर खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ । हरेक बर्षको जनवरी ३ तारीखका दिन मारवाडी युवा दिवश मनाउँदै आएको इटहरीका मारवाडी युवाहरुले यो बर्ष पनी निःसहाय बालबालिका सेवा आश्रममा रहेका ३४ जना बालबालिकाहरुलाई आवश्यक पर्ने खाद्यान्न र शैक्षिक सामग्रीहरु सञ्चालिका गीता गौतमलाई हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य महेन्द्र अग्रवाल इटहरी, अध्यक्ष पंकज अग्रवाल, उपाध्यक्ष राजिव अग्रवाल, सुनिल शर्मा र सचिव नविन मोर लगायतका युवाहरुको टोलीले बालबालिकाहरुलाई आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको थियो । त्यस अवसरमा मारवाडी युवा मञ्च इटहरीका अध्यक्ष पंकज अग्रवालले निःसहाय बालबालिका सेवा आश्रमका बालबालिकाहरुको सेवा गर्ने अवसर प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता दिरहने बताए । त्यस अवसरमा आश्रमकी सञ्चालिका गीता गौतमले इटहरीका खुल्ला दिल भएका समाजसेवीहरुको सक्रियताबाट नै निःसहाय बालबालिका सेवा आश्रम सञ्चालन हुँदै आएको र सहयोगी हातप्रति आश्रम सदैव ऋणी रहँदै आएको बताइने ।

तपाईको प्रतिक्रिया