cold tea cofee hand girl

१९ पुस, काठमाडौं। जाडोको सुरुवातसँगै आफ्नो खानपानमा परिवर्तन ल्याउनुपर्छ । जाडोमा शरीर न्यानो बनाउने खाद्यपदार्थ सेवन गर्नुपर्छ ।
गुलियो तथा तातो पेय पदार्थ सेवन गर्दा शरीर तातो रहन्छ । जाडोमा भोक पनि बढी लाग्छ तर अधिक खानपानले अर्को समस्या उत्पन्न गर्नसक्छ । जाडोमा विशेषगरी दम, खोकी, उच्चरक्तचाप तथा जोर्नीको पीडाजस्ता समस्या उत्पन्न हुन्छन् । जाडोमा यि खाद्य पदार्थहरु सेवन गर्नुहोस् जस्ले गर्दा चिसो लाग्दैन :-

आइस टी -जाडोमा न्यानोपनका लागि कफी धेरै पिइन्छ । कफीको नकारात्मक प्रभाव कम गर्न आइस टी उपयोगी मानिन्छ ।

अदुवा – जाडोमा बिहान अदुवा हालेको चिया तथा कुनै पनि तरकारीमा अदुवा प्रयोग गर्दा चिसो तथा अन्य विभिन्न रोगबाट जोगिन सकिन्छ ।

मसला – जाडोमा काजु, पेस्ता, ओखर तथा बदामजस्ता मसला सेवन गर्नुपर्छ ।

सबै अन्नपात – जाडोमा हरेक बिहान ओट, जौ तथा गहँु सेवन गर्नु उपयुक्त हुन्छ । ओटले अल्छीपन समेत भगाउँछ ।

बेसार – जाडोमा बेसारको सेवन निकै उपयोगी मानिन्छ । त्यसै पनि दूधमा बेसार हाली खाँदा यसले विभिन्न रोग निको पार्छ । त्यसैले जाडोमा न्यानो रहन बेसार प्रयोग गर्न सकिन्छ ।

चाकु – चाकुले शरीर न्यानो बनाउने भएकाले सुत्केरीहरूलाई घिउमा चाकु मिसाएर ख्वाउने चलन छ । चाकुलाई अदुवाको रसमा पकाएर खाँदा रुखाखोकी बिसेक हुन्छ ।

अण्डा – जाडोमा अण्डा निकै उपयोगी मानिन्छ । जाडोमा अण्डाको नियमित सेवन गर्दा शरीर न्यानो रहनुका साथै शक्ति पनि प्राप्त हुन्छ । अण्डालाई आफ्नो स्वादअनुसार तयार गरेर सेवन गर्न सकिन्छ ।

मह – मह निकै महत्वपूर्ण मानिन्छ । यसले जाडोमा हुने डिप्रेसन कम गर्छ । जाडो दिनमा बिहान तातोपानीसँग मह खाँदा चिसोले समात्न सक्दैन ।टिभीअन्नपूर्णबाट

तपाईको प्रतिक्रिया