madhesh-Andolan
२७ कात्तिक, सप्तरी । राजविराजस्थित बैष्णेकाली मन्दिरलाई भव्यतापूर्वक सजाइएको छ । दीपावलीको अवसरमा मन्दिरलाई सजाउनुका साथै मन्दिर प्राङ्गणभित्रै लक्ष्मी मातासहित बिभिन्न देवीदेवताको मूर्ती बनाइएको छ ।मन्दिरमा दर्शन गर्न आउने सर्वसाधारण मन्दिरभित्रको सजावटका साथै प्राङ्गणभित्र बनाइएको मूर्ती हेरेर मोहित हन्छन् । तर, मन्दिर तथा मूर्तीको दर्शन गर्न आउने दर्शनार्थीलाई भने अर्काे कुराले एकदमै अचम्मित बनाइएको छ ।त्यो हो-जारी आन्दोलन’ । टेन्टभित्र भगवानका मूर्तीहरुसँगै प्रधानमन्त्रीको प्रतिमा बनाइएको छ । प्रधानमन्त्रीका साथै प्रहरी र मधेसी समुदायको पनि मूर्ती बनाइएको छ ।

जारी आन्दोलनमा प्रधानमन्त्रीले आदेश दिने र प्रहरीले गोली चलाएर मधेसी समुदायलाई मार्‍यो भन्दै चित्रण गरिएको छ । प्रधानमन्त्रीलाई ‘राष्ट्रवादी प्रधानमन्त्री’ भनेर उल्लेख गरिएको छ भने प्रहरीलाई शासना व्यवस्थामा भनिएको छ ।

madhesh-Andolan-1

प्रहरीले गोली चलाएर सर्वसाधारण मारिरहेको दृश्य माटोको मूर्ती बनाएर देखाइएको छ । स्थानीय कलाकार छोटे मण्डलले यस्तो मूर्ती बनाएका छन् ।आयोजक समितिले मधेसमा आन्दोलनप्रति सत्ता पक्ष र मुख्य दलहरुले कुनै ध्यान नदिएकाले देवी तथा मूर्तीको दर्शन गर्न आउने सबैले यो हेरोस् भन्नका लागि नै यस्तो गरिएको जनाएको छ ।‘आन्दोलनले तीन महिना पूरा गरिसक्यो, सरकार कुर्सी बनाउनमै व्यस्त छन् । जनता सरकारकै गोली खाएर तथा अब भोकभोकै मर्ने सुरसारमा छन्’ पूजा समितिका अध्यक्ष रंजित चौधरी भन्छन्-राज्यले मधेशीमाथि अझै अत्याचार गरिरहेको दृश्य सबैलाई हेराउनकै लागि तयार पारिएको हो ।’भगवानको मूर्ती बनाउने ठाउँमा अच्चमको मूर्ती बनाइएपछि सर्वसाधारण दंग पर्ने भए । नेताहरु भने आन्दोलनलाई ताजा राखिरहने उपाय भएको बताउँछन् ।‘यसले आन्दोलन ताजा बनाइराख्छ’ सद्भावना पार्टीको विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवले भने- चाडपर्वमा यो मूर्ती हेरेर आन्दोलनका साथै राज्यको दमनलाई सम्झनेछन् ।”

 

तपाईको प्रतिक्रिया